अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६ | Colorodo: 05:41

माओवादी आन्दोलन सखाप पार्न ओलीले एकता गरे – महरा

बिआरटीनेपाल २०७८ वैशाख २ गते ८:४२ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं संघीय सांसद कृष्णबहादुर महराले कृष्णबहादुर महराले पार्टी एकता हतारमा भन्दा मजबुद र दिगो रुपमा गर्नुपर्ने बताउनुभएको छ । उहाँले एमालेसँगको सहकार्य सम्झिँदै केपी शर्मा ओलीले माओवादी आन्दोलन र विचार सखाप पार्नका लागि ठूलो षडयन्त्र बुनेको र हतारमा एकता स्वीकार समेत गरेको उल्लेख गर्नुभयो ।

माओवादी केन्द्रले लिवाङमा आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै महराले आगामी दिनहरुमा पार्टीलाई युनिफाइड गर्ने, देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई गोलवन्द गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । पूर्व सभामुख समेत रहनुभएका महराले ओली नेपाली राजनीतिमा असफल पात्रका रुपमा चिनिएको भन्दै उनले परिवर्तन, व्यवस्था, उपलब्धीलाई धरापमा पार्न प्रतिगमन गरेको बताउँदै दावी गर्नुभयो । महराले नयाँ सरकार निर्माण र ओलीलाई हटाउनको लागि केन्द्रीय स्तरमा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपासंग निकै घनिभूत छलफल चलिरहेको बताउँदै अब केही दिनमै त्यसले सकरात्मक रुप लिने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू