अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 04:40

अब हेलिकप्टरबाटै हलेसी र पाथिभरा दर्शन गर्न पाइने

बिआरटीनेपाल २०७८ वैशाख २ गते ८:३७ मा प्रकाशित

हेलिकप्टरबाट पर्यटकीय शहर सुनसरीको धरानदेखि खोटाङ्को हलेसी महादेवको मन्दिर र ताप्लेजुङको पाथिभरा दर्शन गराईने भएको छ ।नयाँ बर्ष २०७८ को अवसरमा धरान होलिडेज प्रालीले आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरि यहि बैशाख ५ गतेखेखि हेलिकप्टर यात्रा गराउन लागेको हो ।

धरान होलिडेज प्रालीले बिहीबार पत्रकार सम्मेलन गरि प्रदेश १ को पर्यटन प्रवद्र्धनलाई थप टेवा पुर्याउने उद्देश्यले हेलिकम्टरवाट धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण प्याकेज ल्याएको जनाएको हो । गत बर्ष कोरोनाका कारण रोकिएको हवाई यात्रा कोरोना कम भएसँगै पुनः सुचालु गर्न लागिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू