अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

डेनमार्कमा कोरोना विरुद्धको ‘एस्ट्राजेनेका’ खोप लगाउन बन्द

बिआरटीनेपाल २०७८ वैशाख २ गते ८:३५ मा प्रकाशित

डेनमार्कले कोरोना विरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप अभियान स्थगित गरेको छ ।यो खोप लगाएका केही व्यक्तिमा रगत जम्ने समस्या देखिन थालेपछि खोप अभियान स्थगित गरेको हो ।युरोपियन मेडिसिन एजेन्सीले समेत अक्सफोर्ड एस्ट्राजेनेका खोपका कारण रगत जमेको हुन सक्ने बताएपछि डेनमार्कले यो खोपमा रोक लगाएको हो ।

डेनमार्कका स्वास्थ्य अधिकारीहरुका अनुसार यो खोप लगाएका हरेक ४० हजारमध्ये एक व्यक्तिमा रगत जम्ने समस्यमा पाइएको छ ।यसअघि युरोपका कतिपय राष्ट्रहरुले अक्सफोर्ड एस्ट्राजेनेका खोपका कारण रगत जमेको भन्दै यो खोप प्रयोगमा रोक लगाएको थियो ।

यद्दपी रगत जम्नुमा खोपको कुनै सम्बन्ध नरहेको पुष्टी भएपछि पुन खोप वितरण गरिएको थियो ।हाल यो खोप विश्वका थुप्रै राष्ट्रहरुले प्रयोगमा ल्याइसकेको छ । यसअघि अमेरिका, क्यानाडा, दक्षिण अफ्रिका र युरोपियन युनियनले जोनशन एण्ड जोनशनका खोप पनि प्रभावकारी नभएको भन्दै प्रयोगमा रोक लगाएको थियो ।

डेनमार्कमा करीब १० लाखले कोरोना विरुद्धको खोप लगाइसकेका छन् जसमा डेढ लाखले अक्सफोर्ड एस्ट्राजेनेका खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू