अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३६
| Colorodo: 20:51
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच छलफल भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरलगायतका शीर्ष नेता भेटका लागि आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
जसपाका एजेन्डालाई अब कसरी अगाडि बढाउने भन्नेबारे भेटमा कुराकानी भएको जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले जसपासँग कुरा गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सहभागी कार्यदल बनाउनुभएको थियो ।