अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

सरकारले एमसीसीसँगको सम्झौता प्रक्रिया छिट्टै अगाडि बढाउने

बिआरटीनेपाल २०७८ वैशाख २ गते ८:२८ मा प्रकाशित

सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । संसद्को आगामी बैठकबाट एमसीसी प्रक्रियालाई अगाडि बढाइने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले बताउनुभयो । संसद् सचिवालयमा पत्रकारहरुसँग आज कुराकानी गर्दै मन्त्री श्रेष्ठले एमसीसी प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभए अनुसार प्रक्रिया अगाडी बढ्ने जानकारी दिनुभयो ।

प्रक्रिया अगाडी बढाउन सभामुख अग्निप्रसाद सापकोटासँग कुराकानी गर्ने र एमसीसी प्रक्रियालाई अगाडि बढाउने गरी संसदको कार्यसूचीमा राखिने उहाँको भनाइ छ । पछिल्लो समय सरकारले प्रतिनिधिसभालाई बिजनेस नै नदिएको आरोप लागिरहेका बेला कानून मन्त्री श्रेष्ठले एमसिसी अघि बढाउने बताउनु भएको हो । प्रधानमन्त्री ओलीले नयाँ वर्षका अवसरमा गर्नुभएको सम्बोधनमा एमसीसी सम्झौतालाई अगाडि बढाउन आवश्यक रहेको बताउनु भएको थियो ।

एमसीसी सम्झौता २०७६ असार ३० गते संघीय संसद सचिवालयमा दर्ता भएको थियो । त्यसपछि यो सम्झौता अगाडि बढ्न सकेको छैन । सडक निर्माण, स्तरोन्नति, विद्युत् उत्पादन तथा ट्रान्समिसन लाइन जडानका लागि अमेरिकाले ४५ करोड ९५ लाख अमेरिकी डलर र नेपालले १३ करोड अमेरिकी डलर लगानी गर्ने सम्झौतामा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू