अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

म्यान्चेस्टर र रियाल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

बिआरटीनेपाल २०७८ वैशाख २ गते ८:२७ मा प्रकाशित

इंग्लीश च्याम्पियन लिभरपुललाई पाखा लगाउँदै रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति लिभरपुलको मैदानमा भएको क्वाटरफाइनल दोस्रो लेगको खेल गोलरहित बराबरीमा रोकिएसँगै रियाल मड्रिड सेमिफाइनलमा पुगेको हो ।

आफ्नौ मैदानमा भएको पहिलो लेगको खेलमा रियाल मड्रिडले लिभरपुललाई ३–१ ले हराएको थियो । गएराति भएको अर्को खेलमा जर्मनीको बोरुसिया डटर्मण्डलाई २–१ ले हराएको म्यान्चेस्टर सिटी पनि सेमिफाइनलमा पुगेको छ ।

आफ्नै मैदानमा भएको पहिलो लेगको खेल पनि २–१ ले नैं जितेको म्यान सिटीले समग्रमा खेल ४–२ ले आफ्नो पक्षमा पारेको हो । गएरातिका खेलहरुसँगै युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन र म्यान्चेस्टर सिटी तथा रियाल मड्रिड र चेल्सी भिड्नेछन् ।

प्रतिक्रिया