अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:११ | Colorodo: 18:26

जग्गाको नक्सा प्रिन्ट, राजश्व भुक्तानीसहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सुरु

बिआरटीनेपाल २०७८ वैशाख २ गते ८:२४ मा प्रकाशित

घरमै बसेर जग्गाको नक्सा प्रिन्ट, राजश्व भुक्तानी लगायतका व्यवस्था सहितको ‘मेरो कित्ता’ अनलाइन सेवा आजबाट सुरु भएको छ । मेरो कित्ताको वेबसाइट लगइन गरेर यो सेवा लिन सकिने नापी विभागले जनाएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता’ अनलाइन सेवाको उद्घाटन गर्नुभएको छ ।

सेवाग्राहीको बढी भिडभाड हुने काठमाडौंको डिल्लीबजार र कलंकी तथा भक्तपुरको नापी कार्यालयबाट यो सेवा प्रवाह भएको छ । मेरो कित्ता सेवा शुरु भएपछि नापी कार्यालयमा हुने भिडभाड र होहल्ला कम हुनुका साथै सेवाग्राहीलाई सुविधा हुने विभागका अधिकारीहरू बताउँछन् ।

देशभर अहिले एक सय २६ वटा नापी कार्यालयहरू छन् । एक हप्ताभित्र उपत्यकाभर र त्यसपछि बाँकी कार्यालयहरूमा क्रमशः कार्यान्वयन गर्दै लैजाने विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिनुभयो । मेरो कित्ताबाट ब्लुप्रिन्ट नक्सा, कित्ताकाट गर्दाखेरिको विवरण र फिल्डबुक प्रिन्ट गर्न मिल्ने र जग्गा धनीले प्राविधिकलाई बोलाएर मेरो जग्गाको नापजाँच गर्दिनुस् भनेर अनुरोध गर्दै निवेदन पनि दिन सक्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू