अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 18:08

नेपालमा २४ घण्टामा ५ सय ३४ जना कोरोना सङ्क्रमित थपिए

बिआरटीनेपाल २०७८ वैशाख २ गते ८:२२ मा प्रकाशित

नेपालमा बितेको २४ घण्टामा ५ सय ३४ जनामा नोबेल कोरोना भाइरसको सक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको जम्मा सङ्ख्या २ लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज १ सय ५७ जना कोरोनामुक्त भएका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या २ लाख ७४ हजार ६ सय ४ पुगेको छ । देशभर ४ हजार ३ सय ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोनाबाट थप पाँच जनाको मृत्यु भएको छ । योसँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ६६ पुगेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू