अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

गायक जगदीश समालको स्वर तथा गीतकार दीपक बस्नेतको नयाँ गीत बजारमा

बिआरटीनेपाल २०७८ वैशाख २ गते ७:१२ मा प्रकाशित

गायक जगदीश समालको स्वर तथा गीतकार दीपक बस्नेतको नयाँ गीत बजारमा आएको छ । महफिल शीर्षकमा रहेको गीतमा गजलकार तथा गायक जगदीश समालले स्वर दिएका छन् । अमित पल र रिया क्षेत्रीको रोमान्टिक र जीवन्त अभिनय रहेको गीतको भिडियोमा प्रियजन राइको निर्देशन रहेको छ भन् ए गीतमा दीपक बस्नेतले सङ्गीत भरेका छन् ।

गीतको म्युजिक भिडियोको छायाङ्कन रोबिन दोङले गरेका छन्। कोरियोग्राफी दीपक गुरुङको रहेको छ । गीतले महिलामाथि हुने यौन हिंसा विरुद्धको सन्देश प्रवाह गरेको छ। शक्तिको आँडमा जोसुकैले नारीमाथि गरेको ज्यादती सह्य नहुने सन्देश दिन खोजेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू