अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 01:37

गुफापोखरीको प्रबन्धनका लागि काभ्रेमा भेला

देवकी न्यौपाने २०७८ वैशाख २ गते ७:०७ मा प्रकाशित

नयाँ वर्षको अवसरमा गुफा पोखरी समाज काठमाडौँले पर्यटन प्रवर्धनका लागि प्रयास स्वरूप वनभोज आयोजना गरेको छ ।

बुधवार काभ्रेपलान्चोकको नमो बुद्धमा भएको कार्यक्रममा ताप्लेजुङको पर्यटकीय क्षेत्र गुफा पोखरीको प्रवर्द्धनका लागि काठमाडौँमा रहेका गुफा पोखरी गुराँसको राजधानी टिएमजी क्षेत्रका बासिन्दाले एक भएर लाग्नुपर्नेमा जोड दिए ।

सङ्खुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सङ्गम स्थलमा अवस्थित गुफा पोखरी लगायत जिल्लाका प्रसिद्ध स्थलहरूको प्रचारप्रसारका साथै व्यवस्थित तरिकाले पर्यटक भित्र्याउने र विकसित समाज निर्माण गर्ने उद्देश्यले समाज स्थापना गरिएको समाजका अध्यक्ष दिनेश चन्द्र खनालले बताउनुभयो ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण पर्यटकको सङ्ख्यामा कमी आए पनि दीर्घकालीन सोचका साथ प्रबन्धनका लागि राजधानीमा रहेका गुफा पोखरी बासी एकजुट भएको समाजले जनाएको छ । कार्यक्रममा बोल्ने वक्ताले आफ्नो परम्परागत संस्कृति र पर्यटकीय क्षेत्रको विकासमा लागि प्रतिबद्धता जनाएका थिए । विभिन्न सम्प्रदाय (राई, भोटे, क्षेत्री, शेर्पा) का करिब १५० जनाको सहभागिता रहेको कार्यक्रममा जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल, लालीगुराँस समूहका अध्यक्ष कान्छा भोटे, ताप्केगोला समाजका महासचिव दावासाङ्वु शेर्पा, समाजसेवी एनडी शेर्पा (नावाङ दोर्जी) लगायतको उपस्थिति रहेको थियो । टोलीले नमोबुद्ध परिदर्शन गर्दै रचनात्मक प्रतियोगिता समेत गरेको थियो ।

सम्बन्धित सामग्रीहरू