अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५२ | Colorodo: 05:07

इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व रमजान सुरु

बिआरटीनेपाल २०७८ वैशाख १ गते ९:०९ मा प्रकाशित

इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व रमजान सुरु भएको छ । गए राति इस्लाम धर्मावालम्बीहरुले चन्द्रमाको दृष्यावलोकन गरी रमजान शुरु गरेका हुन् । एक महिना सम्म चल्ने रमजानको मंगलबार रातिदेखि विशेष नमाज तराबी र आज देखि उपवास रोजा बस्न सुरु भएको हो । मोलना शैखको अनुसार हिजरी सम्वतको १२ महिनामध्ये रमजानुल मुबारक पवित्र र एवादत उपासना गर्ने महिना समेत हो ।

रोजा बस्ने प्रत्येक मुसलमानले बिहान ३ बजेर ४४ मिनेटदेखि बेलुका ६ बजेर ४९ मिनेट सम्म रोजा बस्छन् । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी संवत् १४४० हो भने रमजान महीना नवौँ महीना हो । रमजान महीनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महीनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

रमजान महिनामा दिनभरीको रोजा समाप्त गर्ने बेला मस्जिदमा गएर सामूहिक रुपमा भोजन गर्ने परम्परा छ । रोजा अवधिसम्म कुनै प्रकारको गलत कार्य नगर्ने विश्वास लिएर रोजा बस्ने गरिन्छ । रोजा अवधिसम्म इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदा सम्म प्रत्येक दिन केही नखाइ ब्रत बस्ने गर्छन् । एक महिना सम्म चल्ने रमजानमा मुस्लिमहरुले आफ्न्तको घरमा गएर मिठा प्रकार खाएर शुभकामना दिने गर्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू