अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

भारतमा कोरोना भाइरसको सङ्क्रमणमा नयाँ रेकर्ड

बिआरटीनेपाल २०७८ वैशाख १ गते ९:०६ मा प्रकाशित

भारतमा कोरोना भाइरसको सङ्क्रमणमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ८५ हजार २४८ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । भारतमा २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको यो संख्या अहिले सम्मकै धेरै हो । यसअघि गत आइतबार भारतमा अहिलेसम्मकै दोस्रो धेरै १ लाख ६९ हजार ८९९ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।े

पछिल्लो वृद्धिसँगै त्यहाँ सङ्क्रमितको संख्या १ करोड ३८ लाख ७१ हजार ३२१ पुगेको छ । भारतमा १ करोड २३ लाख ३२ हजार ६८८ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको संख्या १ लाख ७२ हजार ११५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार २६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू