अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

दुई मुक्तक

आचार्य प्रभा २०७८ वैशाख १ गते ७:१५ मा प्रकाशित

१:
ए बितेको वर्ष तिमीले घाउ दिएर गयौ
मनका खुसी,उत्साह सबै सबै लिएर गयौ
कुन हर्षमा म रमाऊँ?तिमी नै भन मलाई
खुसी पस्ने बाटो बन्द गरी मुटु सिएर गयौ।

२:

थियो पीडा अलि अलि जो लुकाएर राख्ने गर्थेँ
सहने शक्ति मिलोस् भनी ईश्वरलाई भाक्ने गर्थे
तर ती सब भ्रम रहेछन्,ईश्वर कल्पेर बाँच्नु मैले
रोएर मन्दिरमा उन्को आयुको थप वर्ष माग्ने गर्थेँ।