अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

नयाँ वर्षमा सुनिता दुलाल र दिनेश परियारले ल्याए ‘हुन्न कसैको…’

बिआरटीनेपाल २०७८ वैशाख १ गते ७:०५ मा प्रकाशित

काठमाडौँ, नयाँ नेपाली मौलिक लोक दोहोरी गीत ‘हुन्न कसैको…’ भिडियो सार्वजनिक गरिएको छ । नयाँ वर्षको पूर्व सन्ध्या पारेर यो गीतलाई नयाँ गायिका सुनिता दुलालकै च्यानलबाट सार्वजनिक गरिएको हो ।

यो लोक दोहोरी गीतलाई गायिका सुनिता दुलाल र गायक तथा सङ्गीतकार दिनेश परियारले गाएका छन् । गीत उनीहरूको स्वरमा निकै कर्णप्रिय बनेको छ । जसमा दिनेश परियारको शब्द, सङ्गीत तथा एरेन्ज रहेको छ ।

अहिलेका व्यस्त मानिने मोडल अर्जुन गौतम र आलिशा बास्तोलाले यो गीतको भिडियोमा अभिनय गरेका छन् । यी दुई कलाकारका साथमा प्रकाश कुमार दर्लामी, सौगात जङ्ग थापा, साइमन भट्टराई, कमला बस्नेत ,समीक्षा भुजेललगायतको अभिनय रहेको छ ।

भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् । जसमा सुजन श्रेष्ठको छायाङ्कन रहेको छ । यो गीतको भिडियोलाई दोलखा तथा सिन्धुपाल्चोकको रमणीय स्थलमा छायाङ्कन गरिएको छ । भिडियोको कथामा लेकमा बस्ने गोठालो हरुको कथालाई समेटिएको छ ।

प्रतिक्रिया