अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

निमा तामाङको ‘हेर्देउन मायाले’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७८ वैशाख १ गते ६:५३ मा प्रकाशित

काठमाडौँ । गायक तथा समाजसेवी निमा तामाङले आफ्नो बिलकुलै नयाँ गीत ‘हेर्देउन मायाले’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

प्रेमिल शैलीको यस गीतमा भद्रकला आङबुहाङ राईको शब्द रहेको छ । बादल लिम्बुले यस गीतलाई सङ्गीतबद्ध गरेका हुन् । युवा युवतिबिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा विल्सन विक्रम राई, रजनी गुरुङ, निमा तामाङ, सुजन राई र विशाल लिम्बुको अभिनय देख्न सकिन्छ ।

पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। भिडियोमा विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ। किरण राईको छायाङ्कन र सम्पादनमा भिडियो तयार पारिएको हो। तक्मेबुडा डट कम मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

हाल अमेरिकाको रोचेस्टरमा रहेका गायक तामाङ गायन, कार्यक्रम आयोजना र समाजसेवामा सक्रिय छन् । हालै ताप्लेजुङ दोभान बजारमा भएको आगलागी पीडितलाई उनले सहयोग गरेका थिए। यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू