अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

राजको स्वर, शब्द र सङ्गीतमा ‘जलेर खरानी’ सार्वजनिक ( भिडियो )

बिआरटीनेपाल २०७८ वैशाख १ गते ६:४७ मा प्रकाशित

काठमाडौँ । गायक राज लिम्बुले आफ्नो नयाँ गीत ‘जलेर खरानी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेमीले प्रेमिका प्रति प्रेम भाव दर्साएका छन्। यस गीतमा स्वर, शब्द र सङ्गीत स्वयम् गायक लिम्बुको रहेको छ। यस गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका हुन् ।

नयाँ वर्ष मनाउन प्रेमीको घर आइरहेकी प्रेमिकालाई प्र्यांक गर्दा प्रेमिकाले ज्यान गुमाउनु पर्दाको पश्चात्ताप र पिडा म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा पहिलो पटक गायक लिम्बु फिचर्ड भएका छन् । यसका साथै भिडियोमा विष्णु कट्टेल र प्रेम तामाङको समेत भिडियोमा अभिनय देख्न सकिन्छ । विष्णुको अभिनय तारिफ योग्य छ। इजरायलमा छायाङ्कन भएको यस गीतको भिडियोलाई सन्तोष माबोको छायाङ्कन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक लिम्बुको आधिकारिक च्यानल ‘राज लिम्बु’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया