अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४७ | Colorodo: 01:02

१७ अङ्कले बढेर नेप्से कीर्तिमानी विन्दुमा

बिआरटीनेपाल २०७७ चैत ३० गते ९:११ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अङ्कमा पुगेको छ । सोमवार १७ दशमलव २० अङ्कले बढेर २६ सय ९१ दशमलव ५५ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि नेप्से चैत २२ गते २६ सय ५७ विन्दुसम्म पुगेको थियो ।

सोमवार बैकिङ समूहको शेयर १७ दशमलव ८१ अङ्कले, विकास बैंकको शेयर ३९ दशमलव ३६ अङ्कले, निर्जीवन बीमा समूहको शेयर एक सय ६३ दशमलव ७६ अङ्कले, माइक्रोफाइनान्सको शेयर एक सय ८८ दशमलव ५६ अङ्कले र जीवन बीमा समूहको शेयर एक सय ९७ दशमलव ७९ अङ्कले बढेको छ ।

सोमवार दुई सय १६ कम्पनीका एक करोड ३८ लाख २१ हजार पाँच सय ७३ कित्ता शेयर सात अर्ब ६१ करोड आठ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै एनआईसी एसियाको २५ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

सोमवार एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावरलगायत पाँच कम्पनीको शेयर मूल्य झण्डै दश प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि सान्जेन जलविद्युत् कम्पनीको शेयर मूल्य चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू