अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

“ओलीको निर्णय नसच्चिएसम्म समानान्तर गतिविधि रोकिन्न” – नेपाल समूह

बिआरटीनेपाल २०७७ चैत ३० गते ९:०३ मा प्रकाशित

नेकपा एमालेको माधवकुमार नेपाल समूहले यही चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित राजनीतिक प्रस्तावलाई संशोधनसहित मातहतका कमिटीमा पठाएको छ । उक्त प्रस्तावमा एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको उदय भएपछि नै पार्टीमा समस्या देखिन थालेको उल्लेख छ । नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यक्रमको विपक्षमा उभिएका ओली नेतृत्वमा आएकैले एमालेभित्र समस्या देखिएको प्रस्तावमा उल्लेख छ ।

नेता र नीतिको अन्तरविरोध संस्थागत गरेर नवौं महाधिवेशन सम्पन्न भएको भन्दै त्यसपछि पार्टीलाई विचारहीन बनाउन पार्टी अध्यक्ष स्वयं योजनाबद्ध रुपले अगाडि बढेको आरोप लगाइएको छ । ओलीको राजनीतिक सामथ्र्य गुटबन्दी थियो । र, त्यस गुटबन्दीको कुनै वैचारिक तथा राजनीतिक प्रस्ताव वा आधार थिएन, केवल पद र शक्तिको लालसा थियो । प्रस्तावमा भनिएको छ ।

त्यसका लागि दृष्य–अदृष्य श्रोतहरु मार्फत् मदन भण्डारी फाउण्डेसन परिचालन गरेको आरोप लगाइएको छ ।नेकपा माओवादी केन्द्रसँगको एकता पनि व्यक्तिगत स्वार्थ पूरा गर्ने उद्देश्यले ओलीबाट भएको प्रस्तावमा उल्लेख गरिएको छ ।व्यक्तिगत स्वार्थ पूरा नहुने अवस्थामा ओलीले जनवादी केन्द्रीयताको नीति समेत पालना नगरेको आरोप लगाइएको छ ।

एमाले हुँदा, माओवादीसँग एकता हुँदा र फेरि एमाले ब्यूँतिएपछि पनि आफू अल्पमतमा पर्ने भएकाले संगठन नै सिध्याउने योजनामा ओली लाग्ने गरेको नेपाल समूहको राजनीतिक प्रस्तावमा उल्लेख गरिएको छ ।अदालतको फैसलाअनुसार, २ जेठ २०७५ लाई प्रस्थानबिन्दु बनाएर अगाडि बढ्नुपर्ने भन्दै २८ फागुन र त्यसयता भएका निर्णयहरु रद्ध गरेर नवौं महाधिवेशनको विधान र संगठनअनुसार अगाडि बढ्नुपर्ने अडान नेपाल समूहले लिएको छ ।

नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई गरिएको कार्बाही अपरोध लुकाउने प्रयासका रुपमा यो समूहले अथ्र्याएको छ । २ जेठ २०७५ को अवस्थाबाट पार्टी नचलेमा भेला, प्रशिक्षण, छलफल, गोष्ठीलगायत प्रचारात्मक गतिविधि नरोक्न पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू