अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

रुसमा बनेको खोपलाई भारतमा आपतकालीन अनुमति

बिआरटीनेपाल २०७७ चैत ३० गते ९:०४ मा प्रकाशित

कोरोनाविरुद्ध रुसले निर्माण गरेको खोप स्पुतनिकलाई भारतमा आकस्मिक प्रयोगका लागि अनुमति दिइएको छ ।भारतको हैदराबादको डा. रेड्डीज ल्याबद्वारा भारतमा निर्माण गरिएको खोपको प्रभावकारिता ९१.६ प्रतिशत रहेको छ ।

स्पुतनिकको खोपमा मोर्डना र फाइजरको तुलनामा बढी प्रभावकारी मानिन्छ । कोरोनाविरुद्धको तेस्रो खोपले भारतमा प्रयोगका लागि अनुमति पाएको हो । स्पुतनिकले आपतकालीन प्रयोगका लागि १९ फेब्रुअरीमा आवेदन दिएको थियो । यो खोपको अहिले भारतसहित यूएई, भेनेजुयला र बेलारुसमा क्लिनिकल ट्रायलको तेस्रो चरणमा छ ।

२ देखि ८ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्न सकिने खोपलाई अन्तर्राष्ट्रिय बजारमा १० डलरमा खरिद गर्न सकिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू