अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

राष्ट्र बैंकको वित्तिय प्रतिवेदन सार्वजनिक, रेमिटया्न्स ८ प्रतिशतले बढ्यो

बिआरटीनेपाल २०७७ चैत ३० गते ८:३८ मा प्रकाशित

चालु आर्थिक वर्षकोे ८ महिनाको अवधीमा विप्रेषण आप्रवाहमा ८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक तथा वित्तिय प्रतिवेदन अनुसार फागुन मसान्तसम्ममा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढे ६ खर्ब ४२ अर्ब पुगेको जनाएको छ ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको नेपाल राष्ट्र बैंकको तथ्याकं छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।यस्तै फागुन मसान्तसम्ममा कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि हुँदा आयात २ प्रतिशतले बढेको छ । यस अवधीमा ८० अर्ब ७८ करोड बराबरको वस्तु निर्यात हुँदा ९ खर्ब ४३ अर्ब बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.३ प्रतिशतले वृद्धि भएको थियो ।गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ११.३ प्रतिशत र २.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ४३.७ प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै फागुन मसान्तसम्ममा चालु खाता घाटामा वृद्धि भएको छ । यस अवधीमा १ खर्ब ४८ अर्ब घाटामा रहेको छ ।अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब १९ अर्ब ७० करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ६८ अर्बले बचतमा रहेको नेपाल राष्ट्र बैंकको तथ्याकं छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू