अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको नॅंया कार्यसमिति

बिआरटीनेपाल २०७७ चैत ३० गते ८:२७ मा प्रकाशित

न्यु योर्क,अमेरिका । युग पुरुष स्व. गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित संस्था गिरिजा प्रसाद कोइराला फाउन्डेसन हो । स्व. कोईरालाकी सुपुत्री एवं नेपाली काँग्रेसकी प्रभावशाली नेतृ, पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री माननीय सुजाता कोइराला फाउन्डेसनको संस्थापक अध्यक्ष हुनुहुन्छ । काठमाडौँमा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल विश्वसंजाल छ । फाउन्डेसनको मूल उद्देश्य नेपालमा प्रजातन्त्र, शान्ति र विकासका लागी कार्ययोजनाहरु तय गरी नेपाललाई समृद्ध बनाउनु हो । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको तदर्थ समिति जनवरी २०१९ मा गठन भएको थियो । यस तदर्थ समितिमा रहेर प्रत्यक्ष या अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सल्लाहकारहरु एवं तदर्थ समितिका सम्पूर्ण सदस्यहरुमा यहाँहरूको अमूल्य योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद एवं आभार प्रकट गरेको छ । नवगठित कार्यसमितिलाई अझै सफल र नमुना कार्यकालको लागी आपसी साथ-सहयोग एवं सहमति,सहकार्य र एकताबद्ध भई अगाडी बढ्ने कुरामा प्रोत्साहित गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ, सुजाता कोइरालाले भन्नु भयो ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन केन्द्रको विधान अनुसार अमेरिका च्याप्टरमा सन् २०२१-२०२४ कार्यकालको लागी ५ सदस्य सल्लाहकार र १३ सदस्य कार्य समितीको नामावली सिफारिस गरिएको र केन्द्रीय अध्यक्षवाट सो नामहरू अनुमोदित गरी पठाइएको हो ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको नवगठित कार्यसमिति २०२१-२०२४ का पदाधिकारीहरू एवं सल्लाहकारहरू तपशील बमोजिम रहेको छ । पाँच सदस्य सल्लाहकारहरूमा क्रमशः डाक्टर केशव भट्टराई, डाक्टर राजन पन्त, ऐलाना बरमन, वकिल जोन जे मुलोहल्याण्ड जुनियर र वकिल लारा ग्रेगोरी हुनुहुन्छ भने च्याप्टरको कार्यकारी बोर्डमा क्रमशः सोमनाथ घिमिरे अध्यक्ष, सुवर्ण लामा उपाध्यक्ष, छिरीगं राप्के लामा महासचिव, दावा शेर्पा कोषाध्यक्ष, प्रेम पौडेल कार्यसमिति सदस्य, रामचन्द्र अधिकारी कार्यसमिति सदस्य (प्रवक्ता), सूर्य सिम्खडा कार्यसमिति सदस्य, रेखा श्रेष्ठ कार्यसमिति सदस्य, राजेश आचार्य कार्यसमिति सदस्य, प्रेम क्षेत्री अधिकारी कार्यसमिति सदस्य, ध्रुव कुँवर क्षेत्री कार्यसमिति सदस्य, सोना शेर्पा कार्यसमिति सदस्य र चुन्डी शेर्पा कार्यसमिति सदस्य रहनु भएको छ । अमेरिकी च्याप्टरको कानुनी सल्लाहकारमा वकिल गिरिजा गौतम हुनुहुन्छ ।

नवगठित कार्यसमितिको बैठक च्याप्टरको कार्यालयमा बसी संस्थाका भावी कार्ययोजनावारे वृहत् छलफल समेत गर्‍यो । यस संस्थाको विशेष पहलमा समुदायमाको भीड विरुद्ध भ्याक्सिन उपलब्ध गराउँदै आएको र आगामी दिनमा अझ सहज बनाउन संस्थाका महासचिव श्री छिरीगं राप्के लामाको संयोजकत्वमा ५ सदस्यीयभ्याक्सीन टास्कफोर्स समिति गठन गरिएको छ । यसै गरी संस्थाको कार्यसमिति सदस्य रामचन्द्र अधिकारीलाई सर्वसम्मत निर्णय गरी फाउन्डेसनको प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ । संस्थाले न्यु योर्क राज्यका र सिटीका सरकारी एवं गैरसरकारी सङ्घ-संस्थाहरु र विभिन्न समुदायसँग समन्वय गरी विभिन्न सामाजिक गतिविधि संचालन गर्न फाउन्डेसनका उपाध्यक्ष श्री सुवर्ण लामाको संयोजनमा ५ सदस्यीय उपसमिति गठन गरेको छ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेको बुवा अस्वस्थ हुनुभएकोले अपर्झट नेपाल जानु परेकाले कार्यवाहक अध्यक्ष यसै संस्थाका उपाध्यक्ष सुवर्ण लामालाई दिईयेको जानकारी अध्यक्ष घिमिरेले बताउनु भयो ।

यसै गरी संस्थाको विधानअनुसार फाउन्डेसनको केन्द्रीय कार्यालयसॅंग समन्वय गरी आगामी दिनहरूमा संस्थाका गतिविधि अझ सशक्त एवं प्रभावकारी बनाउने र अमेरिका च्याप्टरले सोका लागी प्रमुख भूमिका निर्वाह गर्न अग्रसर हुने र “सेवा नै धर्म हो” भन्ने नाराका साथ सामाजिक कार्यहरू गर्दै अगि बडने निर्णय गरेको छ ।

प्रतिक्रिया