अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१६ | Colorodo: 16:31

नयाँ नक्साबारे सरकार गम्भीर छ– सुवास नेम्वाङ

बिआरटीनेपाल २०७७ चैत ३० गते ८:३६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले लिम्पियाधुरा समेटिएको नयाँ नक्साबारे सरकार गम्भीर रहेको बताउनुभएको छ ।सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले राष्ट्रपतिबाट वितरण गरिएको विभूषणमा लिम्पियाधुरा समेटिएको नयाँ नक्सा नसमेटिएको बारे सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।

नयाँ नक्सा पारित गराउनका लागि ठूलो चुनौतीका बीच सिङ्गो देशलाई सर्वसम्मत गराएको सरकार यस्ता विषयहरूप्रति गम्भीर रहेको उल्लेख गर्दै उहाँले सदनमा उठेको नक्साको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नुभएको विभिन्न विभूषणमा नेपालको नयाँ राजनीतिक तथा भौगोलिक नक्सा प्रयोग भएको थिएन ।

त्यस विषयमा सामाजिक सञ्जाल, पत्रपत्रिका र सदनमा समेत विरोध भएको छ । त्यस विषयमा गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर गत वर्षको विभूषण भएको स्पस्ट पार्दै अगामी बैशाख १ गते वितरण हुने विभूषणमा लिम्पियाधुरा समेटिएको नक्सा प्रयोग भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू