अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 09:56

आलोचना र सुझाव दिनेलाई शत्रुलाई जस्तो व्यवहार गर्न हुँदैन – नेता नेपाल

बिआरटीनेपाल २०७७ चैत ३० गते ८:३६ मा प्रकाशित

नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताउनुभएको छ ।अखिल नेपाल महिला सङ्घ प्रदेश नं २ ले सोमवार जनकपुरधाममा आयोजना गरेको प्रदेशस्तरीय भेलामा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रूपमा सञ्चालन गरेको आरोप लगाउनुभयो । पार्टीमा भेदभाव बढ्दै गएको भन्दै उहाँले चिन्ता पनि व्यक्त गर्नुभयो ।

‘पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अङ्गीकार गरी गल्ती स्वीकार गरेर अघि बढ्नुपर्छ’, नेता नेपालले भन्नुभयो । देशमा सबैभन्दा राम्रो पार्टी कम्युनिस्ट पार्टी भए पनि अहिले पार्टीमा सङ्कट बढ्दै गएको उहाँको भनाइ थियो । भेलामा अर्का नेता घनश्याम भुसालले पार्टीभित्र मनमुटाव र गुटवाजी बढ्दै गएको र त्यसलाई रोक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू