अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

कोलोराडो अमेरिका निवासी वसन्तको शब्द, सङ्गीत, रचनामा ‘ह्यापी न्यु यर’ सार्वजनिक

बिआरटीनेपाल २०७७ चैत २९ गते ११:०७ मा प्रकाशित

नयाँ वर्ष २०७८ नजिकिँदै गर्दा गायिका रचना रिमाल र गायक भुषण खतिवडाको नयाँ वर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ सार्वजनिक भएको छ । कोलोराडो अमेरिका निवासी वसन्त लम्सालको शब्द, सङ्गीत र सुरज श्रेष्ठको एरेन्ज रहेको गीतलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रवार सार्वजनिक गरिएको हो ।

रमाइलो र घुमघामको शैलीमा तयार गरिएको यस गीतको भिडियोमा लुष बराइली, रञ्जित पौडेल, अनामिका बाराकोटी, पवित्रा चौहान र रेसम बुढाथोकी अभिनय रहेको छ । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन छ ।

प्रतिक्रिया