अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

अनाथसँग गायिका सरिता भारती जन्म दिन

बिआरटीनेपाल २०७७ चैत २९ गते ११:०१ मा प्रकाशित

काठमाडौँ । हास्य अभिनेता सुले मान शंकर (इकु)ले काठमाडौँको मुलपानीमा सञ्चालन गरेको स्नेह आश्रममा आश्रित १४ जना बालबालिकासँग गायिका सरिता भारतीले आफ्नो जन्मदिन मनाएकी छिन् ।

उनले आइतबार आफ्नो जन्म दिन मुलपानीमा रहेको इकुको बाल आश्रम, गोकर्णमा रहेको संयुक्त अपाङ्ग केन्द्रका बालबालिकासँग मनाएकी छिन् । यी दुवै आश्रममा रहेका बालबालिकालाई खाना खुवाएर उनीहरूसँग गीत गाउँदै नाच्दै रमाइलो गरेर गायिका सरिताले आफ्नो जन्म दिन मनाएकी हुन् ।

गायिका सरिताले विगत चार वर्षदेखि काठमाडौँको कीर्तिपुर स्थित मायाघर, एचआइभी सङ्क्रमित बालबालिका आश्रमका बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी थिइन् । आइतबार भने उनले स्नेह आश्रमका १४ जना बालबालिका र संयुक्त अपाङ्ग केन्द्रका ४५ जना बालबालिकासँग आफ्नो जन्म दिन मनाएकी हुन् ।

यी दुवै आश्रमका बालबालिकालाई खाना खुवाउँदै उनले आर्थिक सहयोग पनि गरेकी छिन् । दुवै आश्रमका बालबालिकालाई उनले आफ्ना केही गीतहरू पनि सुनाइन् । त्यहाँ रहेका बालबालिकाहरूले पनि गायिका सरितासँग विभिन्न गीतहरू प्रस्तुत गरेर रमाइलो गरे ।

कोरोना सङ्क्रमण र लकडाउनका कारण आश्रम चलाउन गाह्रो परेको बेला गायिका सरिताले एक दिन खाना खुवाएर आर्थिक सहयोग गर्दा आफूलाई केही राहत भएको हास्य अभिनेता शुलेमान शंकर (इकु)ले बताए । यस्तै संयुक्त अपाङ्ग केन्द्रका सञ्चालक तिलबहादुर कार्कीले पनि सरितालाई जन्मदिनको बधाई ज्ञापन गर्दै बालबालिकाहरूलाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएकोमा खुसी व्यक्त गरे । यसै गरी आरुलाई पनि आफ्नो जन्मदिन त्यहाँका बालबालिकासँग मनाउन उनले अनुरोध गरे ।

जन्म दिनको पार्टीमा हुने अनावश्यक फजुल खर्च काटेर आफूले हरेक वर्ष यसरी नै अनाथ बालबालिकाहरूसँग जन्मदिन मनाउने गरेको गायिका सरिता भारतीले बताइन् ।

प्रतिक्रिया