अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

दिलमा सर्किट बनेर’ भन्दै प्राञ्जल

बिआरटीनेपाल २०७७ चैत २९ गते १०:५७ मा प्रकाशित

काठमाडौँ । प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘दिलमा सर्किट बनेर’ सार्वजनिक भएको छ । प्राञ्जल र एलिना चौहानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भीम विसिको शब्द, सागर अधिकारी ‘शरद’को सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र अशोक महर्जनको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

‘दिलमा सर्किट बनेर आइदेउन्
चन्चले मनको हर्टबीट बडाइदेउन’

गीतको भिडियोमा गायकद्वय प्रञ्जल र एलिनासँगै दमोन क्षेत्री, उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । सुरेन्द्र वसेलको निर्देशन रहेको भिडियोमा रामकुमार केसीको छायाङ्कन रहेको छ भने नवीन निरौलाको सम्पादन रहेको छ । गीतको भिडियो मायालु इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरिएको छ ।

रुपन्देहीको भैरहवमाका स्थायी बासिन्दा प्रञ्जल छिट्टै नै सोलो एल्बम श्रोता/दर्शकमाझ ल्याउने तयारीमा हुनुहुन्छ । आफ्ना अन्य गीत जस्तै यो गीतले पनि दर्शक/श्रोताको साथ पाउने आफूले आशा राखेको प्रञ्जलले बताउनुभयो ।

यस्तै सङ्गीतकार सागर अधिकारीले एउटा राम्रो गीत पस्किएको बताउनुभयो । गीतको भिडियो पनि राम्रो बनेको उहाँले बताउनु भयो । सबैको मिहिनेतले एउटा राम्रो गीत श्रोता/दर्शकमाझ आएको अधिकारी भन्नुहुन्छ ।

प्रतिक्रिया