अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

सबै प्रकारका मुद्दा खारेज भएपछि मात्रै सरकारसँग वार्ता हुन्छ – धर्मेन्द्र बाँस्तोला

बिआरटीनेपाल २०७७ चैत २९ गते ८:३६ मा प्रकाशित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले आफ्ना नेता तथा कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा खारेज भएपछि मात्रै सरकारसँग थप छलफल हुने बताउनुभएको छ । आइतवार गोरखामा पत्रकारसँगको भेटघाटमा उहाँले सरकारसँग भएको तीन बुँदे सम्झौताअनुसार आफूहरु भूमिगत गतिविधिबाट बाहिर आएको बताउनुभयो ।

सरकारसँग तीन बुँदे समझदारी भएको र त्यस समझदारीअनुसार सरकारले हामीमाथि लगाएको प्रतिबन्ध हटाएको उल्लेख गर्दै उहाँले अब आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा खारेज हुने क्रममा रहेकोले त्यो पूरा भएपछि सरकारसँग वार्ता हुने उहाँले बताउनुभयो । कानुनी प्रक्रिया पूरा गर्दै नेता तथा कार्यकर्ता रिहाइ हुने क्रम जारी रहेको भन्दै बाँस्तोलाले सरकारले छिट्टै मुद्दा खारेजीको काम पनि पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुद्दा खारेजीपछि सरकारसँग अहिलेको संसदीय प्रणालीको विकल्पमा छलफल हुने केन्द्रीय सचिवालय सदस्य बाँस्तोलाले बताउनुभयो । कुनै राजनीतिक निकास नदिने भएकाले संसद् विघटन हुनु अनिवार्य जस्तै भएको उहाँको भनाई छ । १० वर्षे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डलाई पनि संसदीय राजनीतिमा फसाइएको केन्द्रीय सचिवालय सदस्य बाँस्तोलाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू