अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२२ | Colorodo: 13:37

चेल्सीद्वारा क्रिष्टल प्यालेसले पराजित

बिआरटीनेपाल २०७७ चैत २९ गते ८:३५ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीलाई लिड्स युनाईटेडले २–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा फितलो प्रदर्शन गरेको म्यान सिटी विरुद्ध लिड्सका स्टुवार्ट डालासले दुई गोल गरे ।सिटीका फेरान टोरेसले एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ४–१ ले हरायो ।

चेल्सीका लागि क्रिश्चियन पुलिसिकले दुई गोल गर्दा काइ हाभर्ट्ज र कर्ट जुमाले एक एक गोल गरे ।गएराति भएको अर्को खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ ले हरायो । लिभरपुलका मोहोमद सालाह र ट्रेष्ट अलेक्जेण्डर आर्नोल्डले एक एक गोल गर्दा भिल्लाका ओल्ली वाट्कीन्सले एक गोल फर्काए ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३२ खेलबाट ७४ अंक जोडेको म्यानचेस्टर सिटी शिर्ष स्थानमा यथावत रहँदा दुई खेल कम खेलेको म्यान्चेस्टर युृनाईटेड ६० अंकसहित दोस्रो स्थानमा रहेको छ । ५६ अंक जोडेको लेष्टर सिटी तेस्रो स्थानमा छ भने ५४ अंकका साथ चेल्सी चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया