अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०० | Colorodo: 01:15

म्यानमारमा ८० प्रदर्शनकारी मारिए, देश छाड्नेको संख्या बढ्यो

बिआरटीनेपाल २०७७ चैत २९ गते ८:३२ मा प्रकाशित

म्यानमारको बागो शहरमा सैन्य कू विरुद्ध भएको पछिल्लो प्रदर्शनमा सुरक्षाकर्मीले गरेको कारवाहीमा ८० भन्दा बढी प्रदर्शनकारी मारिएका छन् ।म्यानमारको समाचार आउटलेट असिस्टेन्स एशोसिएशन फर पोलिटिकल प्रिजनर्शका अनुसार शुक्रबार एकैदिन ८० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको हो ।

सेनाले शवहरु आफै लगेकाले मृतकको यकिन तथ्यांक अझै पत्ता लाग्न नसकेको बताइएको छ ।यंगुनकोे उत्तर पश्चिम क्षेत्रमा रहेको बागो शहरमा भेला भएका प्रदर्शनकारीमाथि सेनाले बिहानैबाट कारवाही गरेको थियो ।म्यानमारमा जननिर्वाचत सरकारलाई अपदस्थ गरि गत फेब्रअरी १ मा सेनाले सत्ता हत्याए यता चर्किएको प्रदर्शनमा ६ सय १८ जनाको मृत्यु भैसकेको छ ।

सेनाले सत्तामा आफ्नो पकड कायमै रोक्न दमन थप बढाएको छ । यसैबीच म्यानमारमा जारी आन्दोलनमाबीच सयौं सर्वसाधारणले आफनो देश छोडेर पलायन भएका छन् । यता म्यानमारका अपदस्थ सांसदहरु र संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदुतले सुरक्षा परिषद्का सदस्य राष्ट्रलाई म्यानमारको सेनाविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् । राष्ट्रसंघको बैठकले भने म्यानमारलाई असफल राष्ट्रको संघारमा पुगेको भन्दै त्यहांको सैन्य नेतृत्वलाई चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू