अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

शिवपुरी जङ्गलमा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग

बिआरटीनेपाल २०७७ चैत २९ गते ८:३१ मा प्रकाशित

काठमाडौँको शिवपुरी जङ्गलमा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । आगलागी नियन्त्रणका लागि हेलिकप्टरबाट पानी हालिएको हो । आज बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी फैलिँदै गएपछि नियन्त्रणका लागि दमकल प्रयोग गरिएको थियो ।

तर नियन्त्रणमा नआएका कारण सिम्रिक एयरलाइन्सको हेलिकप्टरले पानी हालेको प्रहारी प्रभाग बूढानीलकण्ठले जानकारी दिएको छ । दुई–तीन वटा दम्कल आगलागी नियन्त्रणका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ ।

चार सय मिटरको डाएमिटरको हाराहारीमा आगलागी भएको जानकारी दिँदै प्रहरीले के कारणले आगो लागेको भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ । आगो नियन्त्रणमा लिन नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय पनि खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू