अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९
| Colorodo: 05:24
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौथो पटक हटाउने कोसिस गरेको दाबी गर्नुभएको छ । गृह जिल्ला चितवन पुगेर प्रचण्डले ओली ‘लाच पचाएर’ प्रधानमन्त्री पदमा बसिरहेको र उनलाई हटाउने चौथो पटक कोसिस भइरहेको दाबी गर्नुभएको हो ।
जिल्ला भ्रमणलाई तीव्रता दिएका प्रचण्डले ओलीलाई नेकपा रहँदा नै बहुमतले संसदीय दलका नेताबाट हटाइसकेकाले उहाँ अब पदमा बस्नुको कुनै अर्थ नरहेको बताउनुभयो । संसद विघटन जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले ओलीलाई पदमा बस्ने नैतिक हैसियत नभएको प्रचण्डको भनाई थियो ।