अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५४ | Colorodo: 15:09

नेपालमा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै, थप ३ सय ६७ जनामा संक्रमण

बिआरटीनेपाल २०७७ चैत २९ गते ८:२६ मा प्रकाशित

नेपालमा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । ३ हजार १२५ जनामा पीसीआर परीक्षण र ६९० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३०३ र ६४ जनामा सङ्क्रमण पुष्टि भएको हो । २४ घण्टामा थपिएका अधिकांश सङ्क्रमित काठमाडौँ उपत्यकाका रहेका छन् ।

काठमाडौँमा १२८, ललितपुरमा १५ र भक्तपुरमा ११ जना सङ्क्रमित फेला परेका छन् । गत बिहिबार देखि १४ हजार ७३४ पीसीआर परीक्षण गर्दा १ हजार २ सय ६० सङ्क्रमण पुष्टि भएको छ । यसअवधिमा ४ सय ९८ जना सङ्क्रमणमुक्त भएका छन् । हाल नेपालमा २ हजार ९ सय ६१ सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू