अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

प्रेमिल शैलीको ‘यी आँखाका नानीमा’ सार्वजनिक ( भिडियो )

बिआरटीनेपाल २०७७ चैत २८ गते ९:१० मा प्रकाशित

काठमाडौँ । अमेरिकामा बसेर पनि नेपाली माटो नभुलेका गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ साङ्गीतिक कोसेली बजारमा सार्वजनिक गरेका छन् । ‘यी आँखाका नानीमा’ बोलको यस गीतमा अर्जुन दुङ्मेन राईको शब्द रहेको छ । यस गीतलाई मनोज साङ्सोन राईले सङ्गीतबद्ध गरेका हुन् ।

श्यामस्वेत शैलीमा निर्माण गरिएको भिfडियोमा स्वयम् गायक गुरुङ प्रस्तुत भएका छन् । यस गीतको भिडियोलाई सुनिल उप्रेतीको सम्पादन र निर्देशनमा तयार पारिएको हो । ज्यासमिन क्रियसन मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोले दर्शक श्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।

प्रतिक्रिया