अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०२ | Colorodo: 15:17

खाना खाने बित्तिकै यी ७ काम नगर्नुस् !

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:३९ मा प्रकाशित

हामी बाँच्नका लागि खाना खान्छौँ । हामी नेपालीले बिहान बेलुका खाने खाना भनेको प्राय भात नै हो । कमैले मात्र दिनको एक पटक भात खाने र अरू समय फलफूल, रोटी साथै अन्यै परिकार खाने गर्छन । हामीे शरीरलाई स्वस्थ राख्नका लागि सकेसम्म पोषिलो र सन्तुलित खाना नै खाने गर्छौ ।

तर पोषिलो र सन्तुलित खाना खाने बानीले मात्र हाम्रो शरीर स्वस्थ बन्न सक्दैन किनकि कतिपय हाम्रो यस्ता नराम्रा बानीहरु हुन्छन् जसले हामीले खाएको पौष्टिक खानालाई पनि बिस समान बनाई दिन्छ । साथै शरीरमा विभिन्न प्रकारको समस्या उत्पन्न गराउँछ । त्यसैले खाना खाने बित्तिकै हामीले यी ७ काम गर्न हुँदैन ।

१) चुरोट बिडी सेवन गर्नु हुँदैन खाना खाने बित्तिकै चुरोट बिडी सेवन गर्नाले अरुबेला भन्दा दश गुना बढी मानिसको शरीरलाई असर गरी क्यान्सर, मुटुरोग, श्वासप्रश्वास को समस्या उत्पन्न गर्छ।

२) दाँत माझ्नु हुँदैन खाना खाने बित्तिकै दात माझ्दा इनामेल निस्कन्छ। खाना खाएको आधा घण्टा पछि मात्र दाँत माझ्नु उपयुक्त हुन्छ । नत्र दाँत दुख्ने समस्या उत्पन्न हुन सक्छ ।

३) हिँड्नु हुँदैन खाना खाने बित्तिकै हिँड्दा रक्तप्रवाहमा असर गर्छ साथै पाचन प्रणालीमा पनि गम्भीर असर पुर्याउँछ । खाना खाएको आधा घण्टा पछि मात्र हिँड्नु राम्रो हुन्छ ।

४) चिया कफी पिउनु हुँदैन चिया कफीमा एसिडिटी हुन्छ। खाना खाने बित्तिकै शरीरमा प्रोटीन पचिसकेको हुँदैन र चिया कफीले असर गर्छ। त्यसैले खाना खाएको दुई घण्टा पछि मात्र चिया कफी पिउनु पर्दछ।

५) नुहाउनु हुँदैन खाना खाने बित्तिकै नुहाउँदा शरीर ठण्डा हुन्छ र त्यसको असर रक्तप्रवाहमा पर्छ। पाचन क्रिया सुस्त भई कब्जियतको समस्या उत्पन्न हुन्छ। खाना खाएको आधा घण्टा पछि मात्र नुहाउने गर्नुपर्छ।

६) फलफूल खानु हुँदैन खाना खाने बित्तिकै फलफूल खाएमा अपच र एसिडिटी हुने गर्दछ। ओभर डाइट भई मोटोपन समेत बढ्छ।

७) सुत्नु हुँदैन खाना खाने बित्तिकै सुत्दा पाचन प्रणालीमा गम्भीर असर गरी ग्याष्ट्रिकको समस्या उत्पन्न हुन्छ। खाना खाएको एक, दुई घण्टा पछि मात्र सुत्नु पर्छ। राख्छु मेरो आजको प्रस्तुति तपाईको स्वास्थ्यका लागी धेरै नै उपयोगी मूलक हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू