अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

अफगानिस्तानमा २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिए

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:३७ मा प्रकाशित

अफगानिस्तानमा थप २० तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिएका छन् ।सरकारी सुरक्षाकर्मीहरुले सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

देशको उत्तरी क्षेत्रमा पर्ने बडाख्शान प्रान्तमा सो घटना भएको हो । लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले पनि प्रत्याक्रमण गरेको र केही समय भिडन्त भएकाले दुवै तर्फ क्षति भएको उनीहरुको भनाइ छ ।

देशको पहाडी क्षेत्रमा भएको घटनामा परी अरु १० लडाकू र पाँच सैनिकहरु घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू