अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७ | Colorodo: 15:22

कालीकोटको खोली बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:३६ मा प्रकाशित

कालीकोटको पचाल झरना गाउँपालिका – ८ को खोली बजारमा आगलागी हुँदा ६ घर जेलेर नष्ट भएका छन् ।स्थानीय दुर्गा सार्की, वीरमाने सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीको घर आगलागी हुदाँ नष्ट भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो । आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जारकोटबाट नेपाल प्रहरीको टोली खटाइएको डीएसपी चक्रबहादुर शाहले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालसहित स्थानीय नागरिकले आगो नियन्त्रणमा सहयोग गरेका थिए । दिउँसो घर नजिकै खेलिहरेका केटाकेटीहरुले आगो लगाएको हुन सक्ने गाउँपालिका अध्यक्ष सेजुवालको भनाइ छ । आगलागीबाट सार्की परिवारका भाँडाकुडा, लत्ताकपडा र खाद्यान्नसमेत जलेर नष्ट भएको छ । कर्णाली करिडोर नजिकै खोलामा बस्ती भएकाले आगो नियन्त्रणमा लिन सकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू