अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

एनआरएनए एनसीसी अध्यक्षका प्रत्याशी बुद्धि सुवेदीको चुनावी कार्यक्रम कोलोराडोमा भोलि हुँदै

सर्प्राइज इन्डोर्स्मेन्ट हुने !

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:४२ मा प्रकाशित

सर्प्राइज इन्डोर्स्मेन्ट हुने ! 
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्याशी बुद्धि सागर सुवेदीको चुनावी कार्यक्रम कोलोराडोमा भोलि आइतबार हुने भएको छ ।

गत फेब्रवरीमा होम टाउनबाट अध्यक्षका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका सुवेदी वर्तमान कार्यसमितिमा उपाध्यक्ष पनि हुन् । आफ्नो पहिलो चुनावी कार्यक्रम न्यूयोर्कबाट मार्च २१ मा सुरु गरेपछि सिकागोमा दोस्रो चुनावी कार्यक्रम गरेका थिए । अबको अर्को चुनावी कार्यक्रम कोलोराडोमा हुने भएको छ ।

उपाध्यक्ष तथा अध्यक्षका प्रत्याशी बुद्धि सागर सुवेदीको कोलोराडोको चुनावी कार्यक्रम तथा भेटघाट भोलि आइतबार अप्रिल ११, २०२१ दिउसो ३ बजे देखि साँझ ७ बजे सम्म हुने बुद्धि सागर सुवेदीको सचिवालय कोलोराडोले बिआरटी नेपाललाई दिएको छ । कार्यक्रममा सुवेदीले आफ्ना कुरा राख्दै, अन्य उम्मेदवारको परिचय र सहभागीबाट उठेका प्रश्नहरूको जवाफ दिने क्रम हुने बताइएको छ । कार्यक्रम दरबार नेप्लिज एण्ड इंडीयन बिस्ट्रो रेस्टूरेण्ट ब्रूमफ़ील्ड (6590 West 120th Ave, Broomfield, Colorado 80020)मा हुने भएको छ ।

सुवेदीसँगै कोलोराडोमा अन्य उम्मेदवारहरू पनि कोलोराडो आउने भएका छन । त्यसरी आउनेहरूमा वरिष्ठ उपाध्यक्ष उम्मेदवार बिआर लामा, उपाध्यक्षका उम्मेदवारहरु गोपेन्द्र भट्टराई, दिलु पराजुली, सुरेन्द्र मल्ल, पूर्ण बानिया साथै महिला उपाध्यक्षका उम्मेदवारहरू क्रान्ति भण्डारी र दीक्षा बस्नेत, महा-सचिव उम्मेदवार अन्जन चौलागाइ, सचिवका उम्मेदवार अनुप खनाल, महिला सचिवका उम्मेदवार तारा मरहट्ठा, कोशाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ साथै बोर्ड अफ डाइरेक्टरका उम्मेदवारहरूमा रवि सिंह बस्नेत, विशाल राणा, दीपक पौडेल, सन्तोष पहाडी र आरसिसीको पश्चिमी क्षेत्रका उम्मेदवार देवराम ओली छन् ।

त्यसै गरी उक्त कार्यक्रममा कोलोराडो च्याप्टरका सचिव नवराज न्यौपानेले पनि एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्ने भनेर बिआरटी नेपाललाई जानकारी दिएका छन ।

साथै उक्त कार्यक्रममा एक सर्प्राइज इन्डोर्स्मेन्ट हुने पनि भएको छ ।

 

 

प्रतिक्रिया