अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 06:37

आहा रारा गोल्डकपको उपाधि संकटालाई, अफ्रिकन रुट्स पेनाल्टी सुटआउटमा पराजित

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:२६ मा प्रकाशित

१९ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ ।शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा अफ्रिकन रुट्स एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो । खेलको निर्धारित समय र थप गरिएको ३० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरे ।

सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए । अफ्रिकनका यानिक र रिमले मात्र गोल गर्न सके । पेनाल्टी अघि खेलको १० औं मिनेटमा बासेकले गोल गर्दै अफ्रिकन रुटलाई १–० को अग्रता दिलाएका थिए ।खेलको २१ औं मिनेटमा अफ्रिकनले अग्रता दोब्बर बनाउने मौका गुमायो । संकटाका डिफेन्डरबीच तालमेल नमिल्दा डिबक्स भित्र प्राप्त बलमा अनमार्क रहेका बासेकले गोल गर्न सकेनन् । खेलको ५१ औं मिनेटमा संकटाका ग्लोरीले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलमा थप गोल भएन र खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयमा संकटाले केहि गोलको अवसर खेल फाल्यो । उपाधिसँगै संकटा आहा रारा गोल्डकपको नयाँ विजेता बन्यो । उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू