अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 11:28

विश्वमा १० करोड ८९ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको सङ्क्रमणपछि निको

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:२३ मा प्रकाशित

विश्वभर १० करोड ८९ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको सङ्क्रमणलाइ जितेका छन् । विश्वभर १० करोड ८९ लाख ७९ हजार ५ सय ६८ जना कोरोना भएर पनि निको भएका छन् । यो कुल सङ्क्रमितको आधारमा निको हुने दर ८० दशमलब ४६ प्रतिशत हो ।

यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २९ लाख २७ हजार ४ सय ४० पुगेको छ । पछिललो २४ घण्टामा १३ हजार २४ जनाको मृत्यु भएको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ७४ हजार ८ सयको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा ३ लाख ४८ हजार ९३४ जना, भारतमा १ लाख ६८ हजार ४६७ जना, रूसमा १ लाख २ हजार २४७ जना, बेलायतमा १ लाख २७ हजार ४० जना, फ्रान्समा ९८ हजार ३९५ जना, इटालीमा १लाख १३ हजार ५७९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू