अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 11:54

सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालको विरोध प्रदर्शन

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:२० मा प्रकाशित

राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । शनिबार काठमाण्डौको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूह निकट युवा संघ नेपालका नेताहरुले विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गर्नुभएको थियो । तर ती पदकहरुमा नेपालले गएको वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभइ पुरानै नक्सा प्रयोग भएको छ ।

त्यसैको विरोधमा युवा संघ नेपालले शनिबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले ‘लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा खोई ?’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे)को प्रयोग सुनिश्चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड लिएर सडकमा सरकार विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याउ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लागयतका नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू