अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

आगामी चुनावमा मोर्चा बनाएर केपी ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउनेछौँ – प्रचण्ड

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:१७ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताउनुभएको छ ।माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाण्डौमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा मोर्चा बनाएर केपी ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउने बताउनु भएको हो ।

अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरुकै पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पुर्याउन सफल भएको पनि उहाँले बताउनुभयो । जसपाका नेताहरुसँग पनि माओवादीको वेभलेन्थ पहिलेदेखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने उहाँको भनाइ छ । यस्तै कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने दाबी पनि प्रचण्डले गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू