अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

सेना फिर्ता लैजान रुसलाई जर्मनीको आग्रह

बिआरटीनेपाल २०७७ चैत २७ गते ९:१० मा प्रकाशित

जर्मनीले युक्रेनको सीमाबाट आफ्ना सेना फिर्ता लैजान रुसलाई आग्रह गरेको छ ।जर्मन चान्स्लर एन्जेला मर्केलले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा रुसी सेनाका कारण युक्रनमा द्वन्द्व बढेको भन्दै तत्काल सेना फिर्ता बोलाउन आग्रह गर्नुभएको हो । सन् २०१४ अप्रिलमा सरकारी सुरक्षाकर्मीमाथि विद्रोहीले आक्रमण गरेदेखि सो क्षेत्रमा रुसी सेना तैनाथ छन् ।

यता अमेरिकाले नाटो सहयोगीहरूसँग रुसी सेनाको आन्दोलनका बारेमा छलफल गरिरहेका जनाएको छ । पछिला दिनहरूमा युक्रेनको सीमा क्षेत्रमा तनाव बढ्दै गएको छ । अघिल्लो हप्तामा विद्रोहीको आक्रमणमा पाँच जना रुसी सैनिकको मृत्यु भएको थियो ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्सकीले द्वन्द्वग्रस्त क्षेत्रमा निरीक्षण गर्नुभएको छ । उहाँले सो क्षेत्रमा शान्ति कायम गर्न प्रयास गरिरहेको बताउनुभएको समाचारमा जनाइएको छ ।

Russia Germany

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू