अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

गायिका विशाखा र सुरेनको अहिलेसम्मकै धमाकेदार गीतमा पल, सुधिर, प्रिज्मा र प्रिन्सीको गज्जब अभिनय

बिआरटीनेपाल २०७७ चैत २७ गते ८:२९ मा प्रकाशित

काठमाडौँ । गायक सुरेन चन्द र गायिका विशाखा शाहीको स्वरमा रहेको कस्तो सुहाको फुली बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आवाजमा दम र मेलोडी भरिएका पछिल्लो पुस्ताका लोकप्रिय गायक सुरेन चन्दको नयाँ गीत कस्तो सुहाको फुलीमा शब्द र सङ्गीत चर्चित सङ्गीतकार सिएल शर्माको रहेको छ ।

साहस शाक्यको एरेन्ज रहेको गीतमा चर्चित नायक पल शाह र सुधिर। श्रेष्ठसँग सुन्दरी जुम्ल्याहा दिदीबहिनीद्धय प्रिज्मा प्रिन्सी खतिवडाको गज्जब अभिनय रहेको छ । वैँशालु उमेरमा जानेर नजानेर गर्ने प्रैम र प्रेमी प्रेमीकाले गर्ने मिठा मिठा कुराहरूलाई गीतकार शर्माले रोमान्टिक शैलीमा लेखेका छन् जसमा छमछम नाच्ने उनको सङ्गीतको तारिफ जति गरे पनि कम हुन्छ ।

प्रिज्मा, प्रिन्सीसँग सुधिर र पलको रोमान्टिक अभिनय र निर्माण युनिटको अथक मेहनतका कारण गीतले राम्रो चर्चा पाइरहेको निर्माण युनिटको भनाई छ । शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोको कोरियोग्राफी राजीव समीरको रहेको छ । सुप्रिम पराजुलीको सम्पादन तथा कलरिगं रहेको भिडियोको छायाङ्कन अर्जुन तिवारीले गरेका छन् ।

हेर्नुहोस् छमछम नचाउने र टिकटक बनाउन मिल्ने यो रमाइलो भिडियो ।

प्रतिक्रिया