अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

तीन दलको बैठक बिना निष्कर्षबिहीन, ओली सर्वसत्तावादी बन्दै गएकाले विकल्प खोज्नुपर्ने कांग्रेसको धारणा

बिआरटीनेपाल २०७७ चैत २७ गते ८:३४ मा प्रकाशित

नेपाली कांग्रेसको आह्वानमा शुक्रबार बसेको विपक्षी तीन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ ।बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवासमा भएको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठकमा नयाँ सरकार गठनको विषय छलफल भए पनि कुनै निष्कर्ष नआएको हो ।

बैठकमा कांग्रेस सभापति देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि सहयोग गर्न माओवादी र जसपालाई प्रस्ताव गर्नुभएको थियो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले देउवाको प्रस्तावलाई माओवादी नेताहरुले स्वागत गरेको बताउनुभयो ।

बैठकमा कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी बन्दै गएकाले विकल्प खोज्नुपर्ने धारणा रोखेको जनाइएको छ ।छलफलबाट बाहिरिने क्रममा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले देउवाले आफ्नो दलको नेतृत्वमा सरकार बनाउन बैठकमा प्रस्ताव गरेपनि बैठक कुनै निर्णयमा नपुगेको श्रेष्ठको जानकारी दिनुभयो ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले सरकार बनाउने विषयमा पहिलो पटक औपचारिक प्रस्ताव आएको भन्दै पार्टीभित्र छलफल गरेर निर्णय गर्ने बताउनुभयो । बैठकमा तीनै दलका शीर्ष नेताहरू सहभागी थिए । आ–आफ्नो दलमा छलफल गरेर पुनः बस्ने सहमती भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू