अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

“ओलीलाई साथ दिनेहरु दास हुन् ” – नेता नेपाल

बिआरटीनेपाल २०७७ चैत २७ गते ८:३३ मा प्रकाशित

नेकपा एमालेका नेता माधवकुमार नेपालले विधान विपरीत काम गर्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको टिप्पणी गर्नुभएको छ ।विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग नेता नेपालले ओलीलाई साथ दिनेहरु दास भएकाले समानान्तर कमिटी गठनका लागि विराटनगर आएको बताउनुभयो ।

अध्यक्ष ओलीले विधान विपरीत काम गर्दै हिँडेकाले सामानान्तर कमिटी गठन गर्न शुरु गरेको उहाँको भनाइ छ ।आफहरु ओलीको दास हुन नसक्ने भन्दै नेता नेपालले संगठित भएर विरोध गर्ने स्पष्ट पार्नुभयो । उहाँले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै २०७५ साल जेठ २ को अवस्थामा पार्टी फर्किनु पर्ने बताउनुभयो ।

गलत प्रवृत्तिको मूलवाहक ओली शैलीबाट देशले मुक्ति पाओस् भन्ने चाहनाले पार्टीका नेता तथा कार्यकर्तामा आशा जगाउन एकता अभियानमा अघि बढेको नेपालले बताउनुभयो ।ओलीले पार्टी र देशलाई अस्तव्यवस्त बनाइदिएको भन्दै उहाँले कारबाहीमा परेका सबै नेता तथा कार्यकर्तालाई निराश र हतास नभई पार्टीमा लागिरहन आग्रह गर्नुभयो ।

नेता नेपालले ओलीले भक्तजन, भजनमण्डलीबाहेक कसैलाई पनि नसहने आरोप लगाउँदै उहाँमा असहिष्णुताको प्रवृत्ति चरम उत्कर्षमा पुगेको आरोप लगाउनुभयो ।राजनीतिक निकासका लागि निर्वाचनमा गइहाल्ने बेला नभएको नेता नेपालको भनाइ छ । ओली अहिले पार्टीभित्र अल्पमतमा परेकाले अन्य केही उपाय छ कि भन्ने खोजीमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू