अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

भारतीयलाई न्यूजिल्याण्ड प्रवेशमा रोक

बिआरटीनेपाल २०७७ चैत २६ गते ८:०७ मा प्रकाशित

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भारतीयलाई न्यूजिल्याण्ड प्रवेशमा रोक लगाउनुभएको छ । भारतमा कोभिड–१९ संक्रमितको संख्या बढेसँगै न्यूजिल्याण्डले यस्तो निर्णय गरेको हो । न्यूजिल्याण्डमा २३ जना नयाँ कोरोना संक्रमित भेटिएकामध्ये १७ जना भारतबा गएका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भारतबाट आउने यात्रीहरूको लागि अर्डर्नले अस्थायी प्रतिबन्ध लगाउनुभएको हो । यो नियम ११ अप्रिल साँझ ४ बजे देखि २८ अप्रिलसम्म लागू हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू