अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

बाढीपहिरोबाट क्षति पुगेका ३ हजार घर पुनर्निर्माणका लागि पहिलो किस्ता दिने

बिआरटीनेपाल २०७७ चैत २६ गते ८:०६ मा प्रकाशित

गएको असारयता बाढी र पहिरोका कारण क्षति पुगेका तीन हजार घरको पुनःनिर्माणका लागि सरकारले पहिलो किस्ता रकम दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको राष्ट्रिय परिषद बैठकले पहिलो किस्ता रकम दिने निर्णय गरेको हो । विपद् व्यवस्थापन कोषमा रहेको रकममध्ये ५० करोड रुपैयाँ पहिलो किस्ताबापत उपलब्ध गराउने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

मनसुनजन्य विपदबाट प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्थापना कार्यविधि २०७७ का आधारमा पहिलो किस्ता रकम दिन लागिएको हो । चाँडै पहिलो किस्ता बापतको रकम वितरण हुने प्राधिकरणले जनाएको छ । कार्यविधि अनुसार घर पुनःनिर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ दिइनेछ । बैठकमा यस वर्ष आगलागीबाट क्षति पुगेका घरको पुनःनिर्माणमा सहयोग गर्ने सम्बन्धमा पनि तयारी थाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू