अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

इन्डोनेसियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १ सय ८० नाघ्यो

बिआरटीनेपाल २०७७ चैत २६ गते ८:०२ मा प्रकाशित

इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १८० नाघेको छ । इन्डोनेसियाको सरकारी अधिकारीका अनुसार बाढी र पहिरोमा परी अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।बाढीबाट इन्डोनेसिया र इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।

यस प्रकोपबाट इन्डोनेसियामा १४० र इस्ट टिमोरमा ३७ जनाको मृत्यु भएको इन्डोनेसियाको विपत् व्यवस्थापन निकायले जनाएको छ । इस्ट टिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू