अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

“अब हुने बिद्रोह ओलीलाई साह्रै महँगो पर्छ” – प्रचण्ड

बिआरटीनेपाल २०७७ चैत २६ गते ७:५८ मा प्रकाशित

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको दिशातर्फ अघि बढेको आरोप लगाउँदै फेरि विद्रोहको आवश्यकता परेको जिकीर गर्नुभएको छ ।

सुर्खेतमा बिहीबार आयोजित कार्यक्रममा उहाँले परिवर्तनलाई संस्थागत नगरी प्रतिक्रान्तितिर लागेका ओलीलाई अबको विद्रोह महँगो पर्ने चेतावनी दिनुभयो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए पनि प्रतिक्रान्तिको खतरा कायमै रहेको भन्दै प्रचण्डले प्रतिक्रियावादीहरुलाई परास्त गर्न महिलाहरुले विद्रोहकोे झण्डा उठाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू