अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

माओवादी परित्याग गरेका चारजना मन्त्री प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट पदमुक्त

बिआरटीनेपाल २०७७ चैत २६ गते ७:५८ मा प्रकाशित

नेकपा माओवादी केन्द्र परित्याग गरेका चारजना मन्त्री प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट पदमुक्त भएका छन् । माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गर्नुभएका मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भएको देखिएको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चारैजनाको सांसद पद रिक्त भएको जानकारी गराउनुभयो । माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार संसद सचिवालयलाई पत्र पठाएर पार्टी परित्याग गरेको चार सांसदलाई कारबाही गरेको जानकारी दिनुभएको थियो । राजनीतिक दलसम्बन्धी ऐन अनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् ।

संविधानविद्का अनुसार प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुन्छ । संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने व्यवस्था छ । तर त्यसरी मन्त्री भएको व्यक्तिले ६ महिनाभित्र प्रतिनिधिसभा वा राष्ट्रिय सभामध्ये एकको सदस्यता प्राप्त गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू